• बुधबार विहाननै काठमाडौं लागएतका जिल्लामा भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ । विहान ८ बजेर २६ मिनेट जाँदा फेरि लमजुङ्ग नै केन्द्र विन्दु भएर दोस्रो भूकम्प गएको राष्ट्रय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । बुधबार विहान ५ बजेर ४२ मिनेट जाँदा लम्जुङ केन्द्र विन्दू भएर नै पहिलो भूकम्प गएको थियो । यी दूवै गोरखा भूकम्पको पराकम्प भएको बताइएको छ।

    यसैगरि भूकम्पका कारण लम्जुङमा सात वटा घरमाक्षती समेत भएकाछन् । भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना गाउँले घाइते भएका छन् । प्रहरीका अनुसार मस्र्याङदी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् । अर्का एकजना घाइतेको नाम खुलेको छैन ।एकाबिहानै आएको भूकम्पले घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको प्रहरीले बताएको छ । भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा, चितवन, धादिङ, काठमाडौंलगायत क्षेत्रमा पनि महसुश गरिएको थियो।

4565