• नेपालमा कोरोना संक्रमणको कारण थप १९६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर १ सय ९६ जना कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४ सय ११ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २० हजार २ सय ८६ र एन्टिजेन विधिबाट ६ सय ९३ जनाको स्वाब परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा संक्रमण पुष्टि छ ।

    योसँगै नेपालमा कोरोना कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५ सय २९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८ सय ९१ जना कोरोना मुक्त भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २०४९, ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जना संक्रमित थपिएका छन् । योसँगै काठमाडौं उपत्यकामा ३९ हजार २ सय ४५ सक्रिय संक्रमित छन ।

4565