• कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाएका नागरिकलाई आजदेखि दोस्रो डोज खोप लगाउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका तथा उपत्यकाका विभिन्न स्थानीय तहका वडाहरूमा यो अभियान सञ्चालन गरिएको हो । भेरोसेलनको पहिलो डोज लगाउन केही अस्पताल तोकिएकोमा दोस्रो डोजका लागि भने महानगरले आवश्यक स्थानमा खोप लगाउने व्यवस्था गरेको छ । खोप लगाउन आएका सर्वसाधारणहरुले पहिलो खोप लगाएको र केहि प्रभावकारी हुने भएकाले दोश्रो खोप पनि लगाउन आएको बताए ।

    दोस्रो डोजका खोपका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र तथा पहिलो डोजको खोप लगाएको कार्ड देखाएपछि तोकिएकामध्ये पायक पार्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने व्यवस्था गरिएको छ ।

4565