• तपाईको गाँउ टोलमा कोरोना भाइरस संक्रमण भएको व्यक्ति हिँडडुल गरे प्रहरी वा जनप्रतिनिधिलाई खबर गर्नुहुन्छ होला हैन ? तर, बाराको निजगढ १० का संक्रमित जनप्रतिनिधि नै बेकाममा गाउँघर डुल्दै हिँडेपछि स्थानीय आतंकित बनेका छन् ।त्यहाँका वडा अध्यक्ष पदमबहादुर मोक्तान कोरोना संक्रमण पुष्टि भएपनि व्यक्तिगत कामले गाउँ डुलिरहेका छन् । शनिबार विहान दुध बेच्न आफै डेरी पुगे । त्यहाँ उनी संक्रमण भएको बारेमा सोध्दा टाईफाइड भएर निको भईसकेको बताएको स्थानीय बताउँछन् ।


    त्यसपछि उनी चिया पसल पुग्छन् । चिया खान जम्मा भएर बसेका स्थानीयको बिचमा पुग्छन् । चिया मगाएर खाएर हिड्छन् । कोरोना बारेमा सोध्दा आफुलाई ठिक भईसकेको बताउँछन् ।वडा अध्यक्ष मोक्तान लक्षणसहितको कोरोना संक्रमित हुन् । उनी विरामी भएर औषधि समेत सेवन गरेका थिए । उनको निजगढमा गरिएको स्वाव परीक्षणमा कोरोना पोजेटिभ रिर्पोट आएको निजगढ नगरपालिकाका स्वास्थ्य संयोजक रमेश लामाले बताए ।


    वडा अध्यक्षको अराजक शैलीले स्थानीयवासी त्रसिद भएका छन् । कोरोना मुक्त नहुदैँ पसलमा गएर चिया मगाएर खाएको स्थानीय माया लिम्बुले बताईन् । उनले कोरोना संक्रमण भएको व्यक्ति गाउँमा अनावश्यक काममा डुल्दा गाउँमा त्रास फैलिएको बताईन् ।
    वडा सदस्य जमानसिंह घलानले कोरोना संक्रमित भएको व्यक्ति गाउँमा हिड्दा गाउँमा त्रास फैलिएकाले घरमै
    कपा (माओवादी केन्द्र) का नेता कुमार मुक्तानले कोरोना संक्रमित वडा अध्यक्ष नै लापरवाही गर्दा अचम्म लागेको बताए । उनले नगरपालिकाका मेयर सुरेश कुमार खनाल र स्वास्थ्य संयोजक रमेश लामालाई जानकारी गराउँदा समेत कुनै वास्ता नगरेको बताए ।
    जिल्लामा ९ जना महिला र ३६ जना पुरुष गरि ४५ जना संक्रमितहरुले ज्यान गुमाईसकेका छन भने ९७७ जना संक्रिय संक्रमितहरु रहेका छन ।

4565