-
काठमाडौं । मुलुकमा कोरोना संक्रमणको जटिलता दिनप्रतिदिन बढ्दै जादा संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन लगायतका स्वास्थ्य सामग्रीको अभावमा धेरै सर्वसाधारणले ज्यान गुमाईहरुको संख्या समेत बढी रहेको तर्फ मध्यनजर गर्दै निजी क्षेत्रको एसजी ग्रुपले छिमेकी मुलुक चिनबाट अक्सिजन लगायतका स्वास्थ्य सामाग्री ल्याउने भएको छ ।संक्रमितहरुको संख्या दिनप्रतिदिन बढी रहेको तथा अस्पतालहरुले अक्सिजन अभाव भएको भन्दै विरामीहरुलाई भर्ना लिन नमानिरहेको समयमा एसजी ग्रुपले चिनबाट अक्सिजन व्याग , अक्सिजन माक्स सहित अक्सिजन सिलिण्डर ल्याउन लागेको हो ।एसजी ग्रुप नेपालका प्रतिष्ठित व्यवसायी तथा सामाजिक व्यक्तित्व शिवप्रसाद घिमिरेको स्वामित्वको औद्योगिक, व्यावसायिक तथा सामाजिक प्रतिष्ठानहरुको ग्रुप हो ।

अक्सिजन कोभिडका विरामीहरुको उपचारका लागि अत्यावश्यक रहेको भएपनि सरकारी तथा निजी क्षेत्रले पनि आवश्यक अनुसार व्यवस्थापन गर्न नसकिरहेको समयमा आफुहरुले अक्सिजन व्याग ,अक्सिजन मास्क र अक्सिजन सिलिण्डर ल्याउन थालेको एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । अध्यक्ष घिमिरेले पहिलो चरणमा ४० लिटर क्षमताका ५ हजार सेट अक्सिजन व्याग , ५ हजार अक्सिजन मास्क र २ हजार अक्सिमिटर हवाइमार्गबाट सोमबारसम्म काठमाडौं आइपुग्ने वताए । उनले मुलुकमा अक्सिजन अभावले मानिसहरुको उपचारमा भयावह अवस्था आइरहेको समयमा मुनाफा नराखी अस्पताल तथा सरोकारवाला पक्षलाई लागत मुल्यमै उपलव्ध गराउने समेत जानकारी दिए ।एसजी ग्रुपले चिनबाट ल्याउने अक्सिजन सिलिण्डर १० लिटर क्षमताका २२ सय युनिट र अक्सिजन सिलिण्डर ४० लिटर क्षमताका २२ सय ५० युनिट जेठ ७ गते सम्ममा स्थलमार्गबाट नेपाल आइपुग्ने छ । अक्सिजन अभावका कारण मुलुकमा उत्पन्न भएको भयावह अवस्थामा व्यवसायीहरुले विदेशमा भएको आफनो नेटवर्कका माध्यमबाट अक्सिजन लगातका अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन पहल गर्नु पर्दछ भन्नेमा घिमिरेले जोड दिए । उनले आवश्यकता अनुसार थप सामाग्रीहरु समेत ल्याउने योजना आफुहरुसंग रहेको सुनाए ।तल्काल स्वास्थ्य सस्थाहरुमा पुर्याउनु पर्ने संक्रमितहरुलाई अक्सिजन व्याग प्रयोग गर्ने गरिन्छ । विकसित मुलुकहरुमा समेत संक्रमितहरुका लागि आपतकालिन उपचारमा अक्सिजन व्याग प्रयोग गरिने गरेको र प्रभावकारी हुने गरेको जनाइएको छ ।
News Desk 0 response शनिबार, जेष्ठ १, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





