-
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा ९हेटौंडा अस्पताल०मा कोरोना संक्रमित विरामीलाई अक्सिजन र बेड अभाव भएको छ । लगतार रुपमा कोरोना संक्रमित भर्ना हुँदा अस्पतालले धान्न नसक्ने भन्दै हात उठाएको छ । अहिले हेटौंडा अस्तालमा अहिले ६० भन्दा धेरै कोरोना संक्रमितको उपचार भईरहेको छ ।
हेटौंडा अस्पतालमा आईसियुमा १७ बेड, एचडियु २० बेड, १६ स्टेपडाउनबेड र ५ भेन्टिलेटर सबै भरिएका छन् । कोरोना संक्रमितले भरिएका बेडहरुमा सबैलाई अक्सिजन लगाउन परेको अस्पतालले जनाएको छ ।
यस्तै इमर्जेन्सी सेवा रोक्दै अस्पतालले कोबिड बिरामि मात्र भर्ना लिएपछि ईमरजेन्सीमा आएका कोरोना संक्रमित बाहेक सबै विरामी बेड अभावमा फर्किनुपरेको छ । अस्पताल अन्तगर्त रहेको ७ वटा ईमरजेन्सीमा बेडमा कोरोना संक्रमित छन् । बेड नपाएका कोरोना संक्रमित विरामीहरु कोहि कुर्सीमा बसिरहेका छन् भने कोहि एम्बुलेन्समा अक्सिजन लिएर बेड कुरीरहेको अवस्था छ । ईमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार एचडियु र आईसियुको विरामी रेफर वा मृत्यु भएमा मात्रै ईमरजेन्सीको बेड खाली हुने स्थिती रहेको अस्पतालले जनाएको छ । हेटौंडाका अन्य कोभिड अस्पतालहरुमा समेत बेडको अभाव भईरहेको छ ।
सरकारले सकेन अब कहाँबाट ल्याउने ?
अस्पतालले विरामी आफैंले अक्सिजनको व्यवस्था गर्नुपर्ने भन्दै विज्ञप्ती जारी गरेपछि विरामीका आफन्तहरु अस्पताल माथि खनिएका छन् । विरामीका आफन्तहरु अक्सिजन र बेड नपाएर सरकार सँग आक्रोश व्यक्त गरिरहेका छन् । अहिले हेटौंडा अस्पतालमा ६० भन्दा धेरै विरामीहरुलाई हाइफ्लो अक्सिजन दिएर राखिरहेको छ । मदनभण्डारी प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँका अनुसार अब हाईफ्लो अक्सिजन दिनेको संख्या कम गर्ने तयारी गरिएको छ । आफ्नो दाईको कोभिड उपचार गर्न आएकी एक युवतीले आक्रोश व्यक्त गर्दै भनिन् ‘ सरकारले दिन नसकेको अक्सिजन हामीले कहाँबाट ल्याउने रु पहुँच हुने ठुलाबडाले पो ल्याउँछन अक्सिजन हामीले कसरी ल्याउने रु’ अस्पतालमा आएको अधिकांश विरामीका आफन्तहरुले सरकार प्रति चर्को आक्रोश व्यक्त गरिरहेका थिए ।अब बिरामी भर्ना लिन सक्दैनौंस् फोकल पसर्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डा।सागर काफ्लेले अब हेटौंडा अस्पतालमा विरामी भर्ना लिन नसक्ने बताए । काफ्ले विहिबार बेलुकादेखी नै कतैबाट पनि अक्सिजनको व्यवस्थापन गर्न नसकिएको भन्दै अस्पताल भर्ना भएका बिरामीलाई अक्सिजन दिन सक्ने अवस्था नरहेको बताए । उनले हेटौंडामा अक्सिजन प्लान्ट नभएको कारण अन्य जिल्लाकै भर परिरहेको बताए । उनले बिरामीलाई अक्सिजन बिना अस्पतालमा राख्न पनि नसकिने र छोड्न पनि नसक्ने अवस्था भएकोले बागमती प्रदेशकै सिन्धुली जिल्लाको अस्पताल जान बिरामीलाई आग्रह गरिएको बताए । काफ्लेका अनुसार सिन्धुली अस्पतालमा १० जनासम्म बिरामी पठाउँन मिल्ने अन्यको के गर्ने भन्ने अहिले सम्म निचोड नआएको बताए ।दुई निजी अस्पतालले उठाए हात
अक्सिजनको अभावमा हेटौंडास्थित दुईवटा निजी अस्पतालले कोभिड–१९ संक्रमितको उपचार गर्न नसक्ने घोषणा गरेको छ । केही दिन अघि मात्रै कोभिड अस्पतालको रुपमा सेवा सुरु गरेका दुबै अस्पतालले पर्याप्त अक्सिजन उपलब्ध हुन नसक्दा शुक्रबारदेखि कोभिड संक्रमितको उपचार गर्न नसक्ने घोषणा गरेको हो ।शुक्रबार दिउँसो संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै अक्सिजनको अभावमा उपचार प्रभावित हुने जनाएको छ । हेटौंडा–१, भिन्तुनापथस्थित मकवानपुर सहकारी अस्पतालमा ६ जना उपचाररत छन् भने हेटौंडा–११, थानाभ¥याङस्थित चुरेहिल हस्पिटलमा ४ जना कोभिड–१९ संक्रमित विरामी उपचाररत छन् । दैनिक दुबै अस्पताललाई करिब ३० सिलिण्डर अक्सिजन आवश्यक हुने बताइएको छ ।
चुरेहिल हस्पिटलले बिहीबार ५ सिलिण्डर मात्रै अक्सिजन प्राप्त गरेको अस्पतालका प्रशासन प्रमुख विवेक मानन्धरले जानकारी दिएका छन् । यस्तै मकवानपुर सहकारी अस्पताललाई भने शुक्रबार ५ सिलिण्डर अक्सिजन उपलब्ध गराउन सक्ने जानकारी प्राप्त भएको सहकारी अस्पतालका प्रशासन प्रमुख रामचन्द्र रेग्मीले जानकारी दिए । पर्याप्त अक्सिजन उपलब्ध हुन नसक्दा सेवा प्रभावित हुने निश्चित भएको दुबै अस्पतालका अधिकारीको भनाइ छ ।
News Desk 0 response शुक्रबार, बैशाख ३१, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३





