• कोरोनाको दोस्रो लहर तिव्र गतिमा बढिरहेको छ । यस पटक गम्भिर संक्रमितको संख्या लगातार बढिरहेकाले धेरै विरामीलाई अक्सिजनको आवस्यक्ता देखिएको छ । तर पछिल्लो समय अक्सिजनको अभाव भएको भन्दै नीजि अस्पतालहरुले े उपचार गर्न नसक्ने भन्दै एक पछि अर्कोले हात उठाउन थालेका छन् । नीजि अस्पताल मात्र होइन सरकारी अस्पतालहरुको अवस्था पनि झण्डै झण्डै उस्तै छ ।

    नीजि स्तरबाट संचालित ठुला अस्पतालहरुले अक्सिजनको चरम अभाव रहेको भन्दै कोरोना संक्रमितको उपचार गर्न नसक्ने भन्न थालेका छन । सुरुमा मेडिकेयर, हेल्पिङ ह्यान्ड्स, नेपाल–भारत मैत्री र दीर्घायू अस्पतालले अक्सिजन नभएकोले विरामी लिन नसक्ने अवस्था रहेको भन्दै विज्ञप्ति जारी गरेका थिए । मंगलवार अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजले समेत अक्सिजन अभाव भएको उल्लेख गर्दै विरामीहरुलाई बैकल्पिक व्यवस्था गर्न भन्दै डिस्चार्ज गर्ने सुचना जारी गर्यो । त्यसपछि मंगलवार नै ललितपुरस्थित मेडिसिटी अस्पतालले पनि दैनिक हाराहारी ५ सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट १ सय सिलिण्डर मात्र प्राप्त हुने भएकाले उपचार गर्न सम्भव नहुने भन्दै विज्ञप्तिमा जारी ग¥यो । बुधवार थापाथलीको नर्भिक, धापासीको ग्राण्डी अस्पताल र भैरहवारको युनिभर्सल मेडिकल कलेजले विज्ञप्ती निकालेर थप कोरोना संक्रमितको उपचार गर्न नसक्ने बताएका छन् ।

    स्वास्थ्य मन्त्रालयले समेत उपत्यकामा माग अनुसार अक्सिजन आपूर्ति गर्न नसकेको जनाउदै आएको छ । मन्त्रालयका अनुसार अहिले उपत्यकामा दैनिक १५ हजार सिलिण्डर अक्सिजन माग भएकोमा झण्डै १० हजार सिलिण्डर मात्र आपूर्ति गर्न सक्ने अवस्था छ । सरकारी अस्पतालमा पनि अक्सिजनको अभाव उस्तै छ । सरकारले कोरोनाको पहिलो लहरका समयमा तयारी नगरेका कारण उपचारमा समस्या भएको हो । गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी सरकारले समयमा तयारी नगरेका कारण अहिले उपचारमा समस्या भएको बताउछन् ।

    स्वास्थ्य सम्बन्धी हकलाई संविधानको मौलिक हकमा समेटिएको छ । त्यसकारण सवै नागरिकले स्वास्थ्य सेवा सहज रुपमा पाउनुपर्छ । मौलिक हकको कार्यान्वयन गर्ने राजनीति दलका नेता र सरकार अहिले कोरोनाबाट नागरिक बचाउने भन्दा पनि सरकार बचाउने र बनाउने चिन्तामा रुमलिएका छन् । यस्तो अवस्थामा हामी आफै सचेत भएर भीडभाड नगरि सुरक्षाका सबै उपाय अपनाएर संक्रमण बढ्न नदिऔँ । जिम्मेवारी लिएर पूरा नगर्ने शासकहरुलाई कोरोनाका विरुद्धको लडाईमा केन्द्रित हुन दबाब दिदै सबै मिलेर यो संकट पार लगाउन आवश्यक छ ।

4565