-
नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिमा आउन वैशाख २७ गते बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।
सिंहरबारमा आइतबार बसेको सो पक्षको सांसदहरुको बैठकले वैशाख २७ गते बिहान ९ बजेसम्म पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न अल्टिमेटम दिएको नेता योगेश भट्टराईले जानकारी दिए ।
बैठकले बिहान ९ बजेसम्म आफ्नो अल्टिमेटम पूरा गरेमा संसदमा विश्वासको मत दिने निर्णय गरेको छ । यदि आफूहरुको मागमा प्रधानमन्त्रीले वेवास्ता गरे कठोर निर्णय गर्न बाध्य हुने उनले बताव्ए । भट्टराईले सोमबार बिहान ९ बजेर ३० मिनेटमा सांसदहरुलाई सचिवालयमा बोलाएको जानकारी पनि दिए ।
बैठकले पार्टी एकता रक्षा गर्न पार्टी अध्यक्षको भूमिका हुनेभएपनि अध्यक्षले पार्टी एकता रक्षागर्ने भूमिका निर्वाह नगरेको निष्कर्ष निकालेको छ भने पार्टी अध्यक्षले निकालेको बक्तव्यले पार्टीको एक पक्षलाई बञ्चित गर्ने काम गरेको नेता भट्टराईले बताए । यसअघि सो पक्षले आइतबार नै राजीनामा दिने तयारी गरेको थियो ।
News Desk 0 response आइतवार, बैशाख २६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३