-
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव विधि र विधान मिचेर ल्याइएको दावी गरेका छन्।७१ औँ प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा प्रदेश १ मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दैन उनले त्यस्तो कुरामा कसैसँग सम्झौता नहुने समेत बताएका छन्।
प्रदेशमा अस्थिरता र अराजकता ल्याउने, संघीयताको मुटुका रुपमा रहेको प्रदेश संरचनालाई कमजोर बनाउने र जनताको विकास समृद्धिको चाहनालाई समाप्त गर्ने उद्धेश्यका साथ अविश्वासको प्रस्ताव आएको पनि दाबी गरेका छन्। राईले विधिसम्मत रुपमा आएका सबै प्रस्ताव सामना गर्न सरकार तयार रहेको पनि उनले जिकिर गरे।
‘विधिसम्मत रुपमा आउने जुनसुकै प्रस्तावको सामना गर्न तयार छौँ। सरकार भाग्न खोजेको होइन। तर्किन र पन्छिन पनी खोजेको छैन। तर हामीले केही वैधानिक प्रश्नहरु उठाएका छौं,’ मुख्यमन्त्री राईले भने, ‘ती हाम्रा पद र कार्यकालसँग सम्बन्धित छैनन् नितान्त, संविधान, कानुन, र त्यसबाट निर्देशित दलीय कानुन, र दलीय वैधानिक व्यवस्थासँग सम्बन्धित छन्।
उनले ती कुरामा आफूहरु लचिलो नहुने पनि जिकिर गरे। ती कुरामा हामी लचिलो हुन सक्दैनौँ, किनभने हामी प्रणाली स्थापित गर्न आएका हौँ, उनले भने, संविधान, कानुन, नियम र विधि विधान मिच्नेसँग हाम्रो सम्झौता हुन सक्दैन।’
News Desk 0 response शुक्रबार, फाल्गुन ७, २०७७
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३