• नेपालमा कोरोना संक्रमणबाट थप ८८ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा ५२ जना र यसअघि छुटेका ३६ जना गरी ८८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ७ सय २० पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिएका छन् ।

    १८ हजार ७८७ जनाको पीसीआर परिक्षण गर्दा ८ हजार ७ सय ७७ र ५०६ जनाको एन्टीजेन परिक्षण गर्दा ७३ जनाका कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मनलयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २२ जना कोरोना मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ३ लाख २ हजार ७ सय ८७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ८८ हजार १ सय ६० रहेको छ ।

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा यस्तै ४ हजार १९८ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ हजार १६१, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर २६ लाख ३४ हजार ५ सय ४ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

4565