• मोरङ्ग । मोरङ्गको बिराटनगरमा दुई दिनमा नेपाली सेनाले बनायो ७५ बेड क्षमताको होल्डिङ्ग सेन्टर, एक हजार बेडको अर्को होल्डिङ्ग सेन्टर पनि बनाउने तयारी गरेको छ ।
    नेपाली सेनाको भैरब गणले मोरङ्गको बिराटगरमा दुई दिनको छोटो अवधिमा ७५ बेड क्षमताको होल्डिङ्ग सेन्टर निर्माण गरेको छ ।
    बिराटनगर महानगरपालिका वडा नं. १४ का रमेश यादबको घर भाडामा लिएर निर्माण प्रारम्भ गरेको दुई दिनमा नेपाली सेनाको दुई नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी चोकबहादुर ढकालको समन्वय र निर्देशनमा भैरब गणले होल्डङ्ग सेन्टर निर्माण सम्पन्न गरेको हो ।
    सेनाले निर्माण गरेको होल्डिङ्ग सेन्टर आइतबारबाट संचालनमा ल्याईएको छ ।
    कोभिड १९को नयाँ भेरियन्टको सक्रमणले गर्दा नेपालका अधिकासं ठाउँमा निषेधाज्ञा जारी रहेको समयमा भारत सहित अन्य कुनै ठाउँबाट आउने ब्यक्तीहरुलाई अहिलेको अवस्थामा घर जान ग्राहो पर्ने भएकोले होल्डिङ्ग सेन्टर संचालनमा ल्याएको भैरब गणका गणपति प्रमुख सेनानी गणेश रावलले बताए ।
    होल्डिङ्ग सेन्टरमा नेपाल सरकारले अपनाउन भनिएका सम्पुर्ण स्वास्थ्यका मापडण्ड अपनाएको छ भने यहाँ आउने सर्वसाधारणका लागि खाना र बस्नका लागि राम्रो प्रवन्ध गरिएको छ ।
    होल्डिङ्ग सेन्टरको समग्र सुरक्षा र व्यबस्थापन नेपाली सेनाले गर्नेछ ।
    त्यसैगरी नेपाली सेनाको सक्रियतामा बिराटनगर जुट मिलमा एक हजार बेड क्षमताको होल्डिंग सेन्टर सहित आईसोलेशन पनि निर्माणको तयारी भएको गणपति रावलले बताए ।
    यो संगै भैरब गणले कोभिडबाट मृत्यु भएका सर्वसाधारणको शव व्यवस्थापनका लागि दुई वटा टोली बनाई काम गर्दै आएका छ ।
    यस क्रममा सेनाले विराटनगरमा शनिबार सम्म १८ वटा शव व्यवस्थापन गरेको बताइएको छ ।

4565