• प्रतिनिधिसभाका २६ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । संघीय संसद् सचिवालयले वैशाख २२, २३ र २४ गते दुई सय पाँच जना सांसदको पीसीआर परीक्षण गरेको थियो । जसमध्ये १९ जनामा संक्रमण पुष्टि भएको संघीय संसद् सचिवालयले जनाएका छ ।

    यस अघि गरेको परीक्षणमा ८ जना सांसदलाई संक्रमण पुष्टि भएको थियो । प्रधानमन्त्री केपी ओलीले संसद्को विश्वास आफूमा रहेको परीक्षण गराउनका लागि वैशाख २७ गते बोलाएको प्रतिनिधिसभा अधिवेशन अघि संघीय संसद् सचिवालयले पीसीआर परीक्षण गराएको हो ।

    संघीय संसद्सँग सम्बन्धित एक हजार दुई सय ३५ जनाको पीसीआर परीक्षण गरिएकोमा भने १ सय ६० जनालाई कोरोना भएको छ । जसमा कर्मचारी, मर्यादापालक, सांसदका स्वकीय सचिव, सुरक्षाकर्मी, सञ्चारकर्मी र संसद् भवन नयाँ बानेश्वरका कर्मचारी रहेका छन् ।

4565