• बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामुक्त गर्ने-नगर्नेबारे न्यायाधीशबीच राय बाझिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईबीच राय बाझिएको हो । खतिवडाको राय तीन करोड धरौटी लिएर ढकाललाई छाड्ने भन्ने छ भने भट्टराईको राय छोड्न नहुने छ । दुई न्यायाधीशको राय बाझिएपछि अब यो मुद्दा पूर्णइजलासमा जाने भएको छ ।

    यसैबीच सोही प्रकरणमा पुर्पक्षका क्रममा थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सोहि इजलासले ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालत काठमाडौंले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।

    कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका दीप बस्न्यातको तर्फबाट प्रज्वल अधिकारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए । कारागारमा रहँदा कोरोना संक्रमण भएपछि उनको तर्फबाट अधिकारीले वन्दी प्रत्यक्षीकरणको रिट हालेका हुन् । आफु मुटुको रोगीसमेत भएकाले धरौटीमा रिहा भइ मुद्दा लड्न पाउनुपर्ने बस्न्यातको माग थियो ।

4565