• कैलालीको धनगढी उप–महानगरपालीका २ मा रहेको मालीका अक्सीजन ग्यास उद्योगमा अक्सीजन लिने नागरिक हरुको भिड लाग्ने गरेको छ । सुदुरपश्चिम प्रदेशमा अक्सीजन अभाबका कारण मृत्युदर बढिरहेका बेला उद्योगमा अक्सीजन लिनेको भिड लाग्न थालेको हो । सो उद्योग पौने २ घण्टामा एक दर्जन सिलिण्डर अक्सीजन उत्पादन गर्ने गरेको उद्योगले जनाएको छ । उद्योगमा लाईनमा बस्दै आफुले अक्सीजन प्राप्त गरेको र उद्योगले अक्सीजन सवैलाई पुर¥याउन पहल गरिरहेको बिरामीका आफन्तहरु बताउछन ।

    धनगढीका सबै अस्पतालमा अक्सीजनको अभाब सृजना भएपछि बिरामीका आफन्तहरु अक्सीजनका लागि उद्योगमा नै जान थालेका हुन् । प्रदेश अक्सीजन प्लाण्ट कम हुदा अहिले सुदुर पश्चिम प्रदेशमा अक्सीजनको हाहाकार भईरहेको छ ।।

4565