• स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सेरम कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले कोरोना विरुद्धको खोप आउन ढिलाई भएको बताएको छ ।

    मन्त्रालयले शुक्रवार सुचना जारी गर्दै खोप खरिदबारे विभिन्न सञ्चार माध्यममा प्रकाशित खबरमा कुनै सत्यता नरहेको दाबी गरेको छ । सेरम कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुनेबित्तिकै खोप ल्याइने मन्त्रालयले जानकारी दिएको छ ।

    ‘कोभिसिल्ड खोप खरिदबारे आएका खबरहरुमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको भन्दै खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभाग आफैले निर्णय गर्ने भएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संलग्न गरि आएका खबरहरुमा सत्यता नरहेको बताएको छ ।।।

4565