-
नेपाल प्रहरीले रेम्डेसिभिर औषधि कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोरखा आरुघाटका रसिक मियालाई बिहीबार पक्राउ गरेको हो । उनलाई एक सेट अर्थात ६ भाइल रेम्डेसिभिर १ लाख २० हजार रुपैयाँमा बेच्दै गरेको अवस्थामा महाराजगन्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रेम्डेसिभिर औषधिको कालाबजारी भइरहेको सूचनाका आधारमा ग्राहक बनेर खरिद गर्न जाँदा रसिक मियाले मोलतोल गरेर १ लाख २० हजार रुपैयाँमा बेच्न तयार भएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कोरोना संक्रमणबाट जटिल अवस्थामा रहेका संक्रमितलाई केहि राहत दिनका लागि यो औषधि प्रयोग गर्ने गरिन्छ । पक्राउ परेका रसिकले सेवा फर्माका दीपक ढकालले भने अनुसार आफूले बेचेको बताएपछि थप अनुसन्धान भइरहेको ेप्रहरीले जनाएको छ ।
News Desk 0 response बिहिबार, बैशाख २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३