• कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आएको छ । शाहको स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई बुधबार अति सघन कक्षबाट सारिएको छ । भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागि भएर फर्किएका शाह दम्पतीमा कोरोना संक्रमण देखिए पछि उपचारका लागि थापाथलीस्थित नर्विक अस्पताल भर्ना भएका थिए ।

    स्वास प्रश्वासमा समस्या देखिएपछि पूवै रानी शाहलाई गत बुधबार अति सघन कक्षमा सारिएको र बिहिबारबाट प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । नर्विक अस्पताल मै उपचार गराई रहेका पूर्व राजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणा शाहको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ ।

4565