• नेपालमा कोरोना संक्रमणबाट एकै दिन अहिलेसम्मकै धेरै ५८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणका कारण ५८ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७५ पुगेको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ५९ जना संक्रमित थपिएका छन् । २० हजार ७ सय ५६ जनाको पिसिआर र ६१६ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ हजार ६ सय ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा मात्र ४ हजार ८ सय २५ जना संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा काठमाडौँमा ३८ सय ४९, ललितपुरमा ५ सय १८ र भक्तपुरमा ४ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा एक हजार नौ सय ९३ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ८९ हजार ७ सय ८३ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । जसमध्ये ६१ हजार ५८८ जना होम आइसोलेसन र ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा छन । सक्रिय संक्रमितमध्ये ६ सय जना आईसीयू र १५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

4565