• लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ साहले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्ति गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन् ।

    नेकपा एमालेका संसदीय दलका नेता शंकर पोखरेलले प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गरेपछि नियुक्ति गरिएको हो । मुख्यमन्त्री पोखरेलले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । यसअघि लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाइसकेकाले पुनः मुख्यमन्त्री नियुक्त नगर्न र सपथ नगराउन प्रदेश प्रमुखसंग माग गरेका थिए । प्रतिपक्षी नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ रोक्न लिखित निवेदन दिएका थिए ।

4565