• प्रधानमन्त्री केपी ओलीले आफूले संसदबाट विश्वासको मत लिने जानकारी मन्त्रिपरिषद्लाई गराएका छन् । आइतबार साँझको मन्त्रिपरिषद् बैठकमा उनले संसदबाट विश्वासको मत लिने जानकारी गराएका हुन ।

    मन्त्रिपरिषद्लाई जानकारी गराएपछि उनी राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न गएका छन् । प्रधानमन्त्री ओली संसदको वर्षे बोलाउने बारेमा राष्ट्रपति भण्डारीसंग छलफल गर्न शितल निवास पुगेको बताइएको छ । हाल संसद अधिवेशन अन्त्य गरिएको छ तर जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधानका कारण अब छिट्टै संसद अधिवेशन आह्वान गर्नुपर्ने अवस्था छ ।

    सर्वोच्च अदालतको आदेशपछि पार्टी विभाजन भएर बनेको माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनुमान गरिएपनि माओवादीले समर्थन फिर्ता लिएको छैन । यस्तो अवस्थामा ओलीले आफूले विश्वासको मत लिने बताएका हुन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।

4565