• कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई बिहीबार साँझदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा प्लाज्मा थेरापीबाट उपचार थालिएको हो । उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो ।

    आज पनि हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य भइसकेको छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन । उनीहरू तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

4565