-
नेपालमा कोरोना संक्रमणबाट पछ्रिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार २४६ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ३९१ पीसीआर परीक्षणमा ५ हजार ६ सय ५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । जसमध्ये ३८ हजार ८ सय १३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ३६ हजार १३५ जना होम आइसोलेसन र दुई हजार ६७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना भाइरस संक्रमितमध्ये ३३१ जना आईसीयूमा र ११५ जना भेन्टिलेटरमा रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९ सय २८ रहेको छ ।
हालसम्म २ लाख ८१ हजार ९५ संक्रमित निको भइसकेका छन् । काठमाडौँ उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा २ हजार ९ सय ५६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा दुई हजार ४सय ४, ललितपुरमा ४ सय १९ र भक्तपुरमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रुपन्देहीमा ४७३, बाँकेमा ४२२, दाङमा २५२, मोरङमा १६१, पर्सामा १५३ जना संक्रमित थपिएका छन् । १२ जिल्लामा पाँच सय भन्दा बढी र१० जिल्लामा दुई सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
News Desk 0 response शुक्रबार, बैशाख १७, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३