-
अविश्वासको प्रस्तावमा मतविभाजन नै नभई गण्डकी प्रदेश सभा अनिश्चितकाल लागि स्थगित गरिएको छ । जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै सभामुख नेत्रनाथ अधिकारीलाई जीवन रक्षाको माग गर्दै निवेदन दिएपछि बैठक स्थगित भएको हो ।
प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै प्रदेश सभाको कारबाही अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएका छन् । आजको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्तावमा मत विभाजन हुने कार्यसूची रहेको थियो । तर मत विभाजन नै नभई सांसद बेपत्ता भएको भन्दै प्रदेश सभा बैठक अनिश्चितकाल लागि स्थगित भएको छ ।
यसैबीच बेपत्ता भएको भनिएका सांसद शाही अस्पतालको ‘आईसीयू’मा भेटिएका छन् । उनको पोखरास्थित चरक अस्पतालको कोरोना वार्डको आईसीयूमा उपचार भइरहेको छ । हिजो गरेको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना रिपोर्ट नेगेटिभ भएका सांसद शाहीलाई अस्पतालमा बन्दी बनाइएको आरोप लगाएका छन् । प्रवक्ता शर्माले स्वस्थ रहेका सांसद कसरी अस्पताल भर्ना भए भनेर प्रश्नसमेत उठाएका छन् । उनले यस घटनालाई अविश्वासको मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी भएको टिप्पणी समेत गरेका छन् ।
News Desk 0 response बुधबार, बैशाख १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





