• कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय कोरोना संक्रिमित भेटिएमा निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ ।

    गाउँमा दुई सय र सहरी क्षेत्रमा पाँच सय संक्रमित नाघे सम्बन्धीत जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा जारी गर्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको हो ।

    त्यस्तै, आइतबार बसेको बैठकले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । बैठकले सोमबार देखि सञ्चालन हुने सबै परीक्षा स्थागित गर्न पनि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

4565