-
सगरमाथा आधारशिविरमा कोरोना भाइरस कोभिड १९ को संक्रमण आशंका भए पछि संकास्पद आरोहणदलका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । पर्यटन विभागका अनुसार उनीहरूलाइ एक साता क्वारेन्टाइनमा राखिएको हो ।
विभागले खटाएका सम्पर्क अधिकृतहरु आधारशिविर नपुगे पछि हिमालयन रेस्क्यु एसोसिएसनले सञ्चालन गरेको स्वास्थ्य शिविरका स्वास्थयकर्मीहरूले संक्रमणको आशंका भएको क्षेत्रमा डोरी बाँधेर सिल गरेका छन् ।स्वास्थ्य शिविरका प्रमुख लाक्पा शेर्पाका अनुसार थप संक्रमण फैलिन नदिन एक सातासम्म उक्त क्षेत्र सिल गरेको र त्यहाँका आरोहणदलका सदस्यलाई हिडडुल गर्न नदिएको जानकारी दिए ।
एक साता अघि आधारशिविरमा सिकिस्त विरामी परेका नर्वेका आरोहीलाई काठमाडौंमा रेस्क्यू गरी उपचार गर्ने क्रममा कोरोना संक्रमण भएको आशंका गरिएको थियो, सोही अनुसार आधार शिविरमा थप कडाइ गरिएको छ । तर सरकारले खटाएका सम्पर्क अधिकृतहरु २० दिन वितिसक्दा समेत एक जना पनि आधारशिविर पुग्न नसके पछि समन्वय गर्न समस्या हुने गरेको शेर्पाको भनाई छ । यस वर्ष सगरमाथा आरोहणका लागि ३७७, ल्होत्सेका लागि १०४, नुप्सेका लागि २३ र पुमोरीका लागि ५ जना गरी ५०९ जना आरोहीले आरोहण अनुमती लिएका छन् ।
सगरमाथा आधारशिविरमा यि चारवटै हिमाल आरोहण गर्ने आरोही, कामदार, सगरमाथा सफाइ गर्ने कामदार लगायत १५ सय जना भन्दा बढी आधारशिविरमा रहेका छन् ।
News Desk 0 response शुक्रबार, बैशाख १०, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
इटहरीमा पर्यटन प्रवर्द्धनबारे अन्तरक्रिया, होमस्टे र स्थानीय संस्कृतिमा जोड
शुक्रबार, असार ५, २०८३ -
महिला उद्यमशीलता बढाउँदै सेभ द अर्थ, रामधुनीमा उत्पादन प्रदर्शनी