-
नेपालमा बिहीवार थप २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार १ पिसिआर परिक्षणका क्रममा २ हजार ३ सय ६५ र ४ सय ४७ एन्टीजेन परिक्षणका क्रममा ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ९२ हजार १ सय ५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार १ सय ७४ संक्रमित थपिएका छन् । काठमाडौँमा ९८७, ललितपुरमा १०६ र भक्तपुरमा ८१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या तीन हजार १ सय १७ पुगेको छ । त्यस्तै २४ घण्टामा २ सय ५२ जना कोरोनमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या दुई लाख ७६ हजार ३ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल १२ हजार ६ सय ९० जना आइशोलेशन र ८१ जना क्वारेन्टाइनमा छन् । हालसम्म संक्रमण पहिचानका लागि २३ लाख ७९ हजार ४ सय २ वटा नमुना पिसिआर विधिबाट परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बिहिबार, बैशाख ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३