-
काठमाडौँको सिनामंगलस्थित सूर्या ल्याबबाट पिसिआर नेगेटिभ आएको रिपोर्ट लिएर त्रिभूवन विमानस्थल पुगेका १२२ जनालाई फर्काइएको छ । सूर्या ल्याबमा परीक्षण गरिएको पिसिआर रिपोर्ट लिएर विभिन्न देश जानका लागि विमानस्थल पुगेका उनीहरुलाई फर्काइएको हो ।
विदेश यात्राका लागि पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य छ । तर सूर्या ल्याबले नमुना नै नलिइ नक्कली रिपोर्ट बेच्ने गरेको खुलासा भएपछि उक्त ल्याबको रिपोर्ट बोकेर यात्रा गर्न खोज्ने १२२ जनालाई फर्काइएको हो । बिमानस्थलबाटै फर्काइएपछि उनीहरुले विरोध जनाएका थिए । सो क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारबाटै स्वीकृति प्राप्त ल्यावमा आफुहरुले परिक्षण गर्दा पनि सरकारले विदेश जान रोकेको भन्दै उनीहरुले आपत्ती जनाएका छन् ।
बुधबारमात्रै काठमाडौंमा ९ हजार रुपैयाँ तिरेर नक्कली पीसीआर परीक्षण रिपोर्ट बनाउने गरेको खुलेको थियो । मंगलवारमात्र महानगरीय अपराध महाशाखाको टोलीले सिनामंगलमा रहेको सुरिया हेल्थ केयर प्रालिमा छापा मार्दा नक्कली पीसीआर रिपोर्ट बनाएको खुलेको हो। चार घण्टामा नै स्वाब नै नै नलिइ नेगेटिभ रिपोर्ट दिने गरेको खुलेपछि ल्याबका सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
News Desk 0 response बुधबार, बैशाख ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३