-
भारतमा कोरोना संक्रमणको अवस्था थप भयावह बन्दै गएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १ हजार ५ सयभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या भारतमा एकै दिन कोरोना संक्रमणबाट मृत्यु भएको अहिलेसम्मकै धेरै हो । भारतमा नयाँ संक्रमित भेटिने क्रम पनि दिनदिनै बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ६१ हजार ५ सय जना नयाँ संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या पनि भारतमा एकै दिन संक्रमित भेटिएको अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ४७ लाख ८८ हजार नाघेको छ । हालसम्म भारतमा कोरोना संक्रमणका कारण १ लाख ७७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
News Desk 0 response आइतवार, बैशाख ५, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३