-
भेरी अस्पतालको प्रयोगशालामा ८१ जनाको नमूना परिक्षण गरिएकोमा ७५ जनामा कोरोना पोजेटिभ देखिएको छ । आज गरिएको परिक्षण अनुसार पोजेटिभ दर ९२ दशमलब ६५ प्रतिशत भएको भेरी अस्पतालले जनाएको हो । स्वास प्रश्वास सम्बन्धि समस्या, ज्वरो लगायत अन्य लक्षण सहित अस्पतालमा आएका व्यक्तिहरूबाट चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिसमा गरिएको नमूना परिक्षणबाट पोजेटिभ दर यति उच्च आएको अस्पतालले जनाएको छ ।
कोभिड १९ संक्रमण आक्रमक रुपमा फैलिने क्रम जारी रहेको जानउदै अस्पतालले समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर पहिचान गर्न समुदायस्तरबाटै नमुना संकलन गरि परिक्षण गर्नु आबश्यक रहेको जनाएको छ । नेपाल सरकारबाट पर्याप्त रिएजेन्ट, अन्य आबश्यक सामाग्री प्राप्त हुने र स्थानिय निकायहरूबाट नमुना संकलन गरि पठाइदिने हो भने परिक्षणको दायरा थप बढाउन सकिने भरी अस्पतालले उल्लेख गरेको छ । कोभिड महामारी सुरु भएपछि यस अस्पतालमा स्थापना गरिएको कोरोना बिशेष आइसोलेसन वार्डको १ सय २ बेड, संकास्पद बिरामीलाई राख्ने ४० शैयाको प्रिआईसोलेसन वार्ड (जम्मा क्षमता १४२ बेड) करीब करीब भरिइसकेको अस्पतालले उल्लेख गरेको छ ।
यसैगरि १५ शैयाको कोभिड आइसियू पनि प्याक भैसकेको जनाएको छ । संक्रमण फैलिने क्रम नरोकिने हो भने अस्पतालहरूले थेग्न नसक्ने गरि बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै असफल हुन सक्ने जोखिम रहेको भेरी अस्पतालले जनाएको छ । यसैबीच अस्पतालले भिडभाड नगरिदिनुहुन, अत्याबश्यक काम नपरेसम्म घरबाट ननिस्कनु हुन, मास्कको अनिवार्य प्रयोग गर्नुहुन, भौतिक दुरी कामय गर्नुहुन तथा रुघारखोकी, ज्वरोका लक्षण देखा परेमा स्वएकान्तबासमा बसिदिन अस्पतालले अनुरोध गरेको छ ।
News Desk 0 response आइतवार, बैशाख ५, २०७८
-
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३ -
लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर
सोमवार, बैशाख १४, २०८३ -
मनोसामाजिक सहयोग सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सम्पन्न
शनिबार, बैशाख १२, २०८३

बिहिबार, बैशाख १७, २०८३