-
भक्तपुरको मध्यपुरथिमी क्षेत्रका बासिन्दाले आज हर्षोल्लासपूर्वक सिन्दूरजात्रा मनाएका छन् । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका बासिन्दाले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा अर्थात् सिन्दुर जात्रा मनाएका हुन् ।
जात्राको अवसरमा स्थानीयले मध्यपुरथिमीको टोलटोलबाट खटमा विराजमान गराईएको विभिन्न देवीदेवताको मूर्तिलाई नगर परिक्रमा गराए । थिमिमा मात्र मनाइने यस जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोक्ने परम्परा छ ।
जात्राका लागि बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । बुधबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो ।
बिहीवार बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि जात्रा शुरु भएको थियो । थिमिमा ३२ खट सहभागी रथ बोकेर परम्परागत रूपमा मनाउँदै आएको जात्रा अहिले नगदेश, बोडे, टिगनी, दक्षिण बाराही, निकोसेरालगायतमा स्थानमा पनि खटजात्राका साथ मनाइने गरिन्छ ।
News Desk 0 response बिहिबार, बैशाख २, २०७८
सम्बन्धित शीर्षकहरु
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३

सोमवार, भदौ ८, २०८३