-
सुनसरी । बराहक्षेत्र–२ चतरामा आयोजित ‘दोस्रो चतरा साहित्यिक जमघट–२०८३ सम्पन्न भएको छ । युवा पुस्ताको सक्रिय साहित्यिक संस्था ‘चतरा साहित्यिक मञ्च’को आयोजनामा सम्पन्न कार्यक्रमले चतरालाई दिनभर कविता, गजल, सिर्जना र साहित्यिक बहसले भरिपूर्ण बनाएको थियो ।
कार्यक्रममा ‘माइला दमाई’ उपन्यासमाथि विशेष चर्चा गरिएको थियो । कवि तथा अध्येता दुर्गा बस्नेतले उपन्यासमा अन्तरजातीय विवाहमार्फत समाज परिवर्तनको सन्देश अझ सशक्त हुन सक्ने धारणा राखे भने लेखकले उपन्यास गाउँ समाजको यथार्थ चित्रण भएको बताए । प्राध्यापक रमेश काफ्लेले उक्त कृति समाजको मनोविज्ञानसँग नजिक रहेको टिप्पणी गरे ।
‘कोशी किनाराका मगमगाउँदा नयाँ सिर्जनाहरू’ सेसनमा युवा सर्जक कविता कोइराला, कञ्चन खत्री, आर्यन अधिकारी, अप्सना नेपालीलगायतले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।
त्यस्तै ‘जसलाई स्कुलले जन्मायो’ सेसनमा विद्यार्थी कवयित्री सीमा मादेन र सबिना बानियाँले कविता वाचन गरेका थिए ।
सीमा मादेनको “भीरका पाखाहरूमा हाँसिरहेको अम्लारी फूल, मेरी आमा जस्तै लाग्छ” भन्ने हरफले दर्शकलाई भावुक बनाएको थियो ।
कार्यक्रममा बोल्दै चतरा साहित्यिक मञ्चकी अध्यक्ष दीपा मग्रातीले युवापुस्तालाई साहित्यसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै चतरालाई सिर्जनात्मक गतिविधिको केन्द्रका रूपमा स्थापित गर्ने प्रयास निरन्तर रहने बताइन् ।
उनले साहित्य समाज परिवर्तनको बलियो माध्यम भएकाले यस्ता जमघटले नयाँ सर्जकलाई ऊर्जा र पहिचान दिने विश्वास व्यक्त गरिन् ।
तेस्तै कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका–२ का वडाध्यक्ष होमप्रसाद गौतमले चतरामा युवा पुस्ताले साहित्यिक गतिविधिलाई निरन्तरता दिएको देखेर आफू उत्साहित भएको बताए । उनले कला, साहित्य र सिर्जनाले समाजलाई सकारात्मक दिशा दिने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई आफ्नो तर्फबाट आवश्यक साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।
News Desk 0 response सोमवार, जेष्ठ ४, २०८३
अन्तिम गजल सेसनमा लक्ष्मण कटुवाल, शारदा निरौला, जीवन सापकोटा र अच्युत भट्टराईका गजलले माहोललाई थप जीवन्त बनाएको थियो । कार्यक्रममा स्वर्णिम साहित्य समाजका अध्यक्ष शरण लिम्बु, नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग सदस्य रामप्रसाद खरेल तथा वडा अध्यक्ष होमप्रसाद गौतमलगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३

कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३
-
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३