-
भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको चौथौं दिन मंगलबार भक्तपुरको बोलाछे टोलमा हात नभएको लिङगो उभ्याईएको छ । मंगलबार शुभसाईतमा लिङगो उभ्याईएको हो । संस्कृतिविद्हरुका अनुसार, राज्य र स्थानीय प्रजापती समुदायबीच मनमुटाव भएपछि मल्लकालमा नै राज्यद्वारा उभ्याईने योसिँख्योको लिङ्गोभन्दा पहिला नै स्थानीयद्वारा हात नभएको लिङ्गो उभ्याउने प्रचलन सुरु भएको हो
। हात नभएको लिङ्गो ढालेपछि बिस्केट जात्राको अन्त्य हुने भएकाले पनि नेवार समुदायमा यो लिङ्गो उभ्याउनुको ठूलो महत्व रहेको छ । हात नभएको लिङ्गो बैशाख ५ गते ढाल्ने प्रचलन छ । लिङ्गो उभ्याईसके पछि गहिटीमा रहेको भैलख खलाँ जुकेगु अर्थात भैरवको खटलाई योसींख्योमा लानको लागि बाटो मिलाएर राख्ने गरिन्छ ।
News Desk 0 response मङ्लबार, चैत्र ३१, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३