-
धनकुटा । खाध्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको नेतृत्वमा हिले बजारमा भएका साना उद्योग तथा खाध्य बजार किराना पसललगायतको संयुक्त अनुगमन गरिएको छ ।
News Desk 0 response बिहिबार, माघ २९, २०७७
हिले बजारमा रहेका १० वटा किराना पसल, पेय पदार्थ डिलर र २ वटा विस्कुट उद्योगलगायतको अनुगमन गरि म्याद नाघेका र लेवल विवरण नभएका किराना पसल उद्योगबाट खाध्य पदार्थ जफत गरि नष्ट गरेको छ ।
करिब ३५ हजार बढिका म्याद गुजे्रका अखाध्य पदार्थ अनुगमन टोलिले नष्ट गरेको छ ।
नष्ट गरिएका अखाध्य पदार्थहरुमा २५० ग्रामको विस्कुट ३ प्याकेट, १०० ग्रामको चिप्स ८ पिस, ढुङ्ग्री, १३ प्याकेट, विस्कुट ३ प्याकेट, २०० ग्रामको मिक्स अचार २२ प्याकेट, ५०० ग्रामको माल्ट वेस्ट फुट ४४ थान, माउन्टेन ड्यु ४ थान, १ केजि बाला स्किम मिल्क पाउडर ६ प्याकेट, कलर ४ वट्टा, नरीवल ५ वटा, हाईड्र ३ वटा रहेका छन् ।
गत २०७५ कार्तिक ६ गतेबाट खाध्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटामा स्थापना गरि विधिवत रुपमा यस संस्थाले गत मंसिरबाट खाध्य बजार, पसल, उद्योग, होटल, रेष्टुरेन्ट अनुगमन का साथै उक्त कार्यालयले बिकट पहाडि चार जिल्ला भोजपुर, संखुवासभा र तेह्थुममा बजार अनुगमन मात्र हैन कि मिसावट कम गर्न समय समयमा जिल्लाका बिभिन्न स्थानहरुमा सचेतना तालिम, खाध्य स्वच्छता स्तर अन्र्तगत होटल स्तरीकरण गरि लोगो बितरण लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
मान्छेको चहल पहल बढि हुने स्थानहरु जस्तै धनकुटा नगरपालिकाको बसपार्क, भिम नारायण चोक, मदन चोक, हिले बजार, भेडेटार, नमस्ते झरना, सिधुवा बजार, पाख्रिबास लगायतका क्षेत्रहरुमा बढि मात्रामा म्याद गुजे्रका खाध्य सामाग्रीहरु अनुगमनका क्रममा भेटिने गरिएकाले अनुगमनमा तीब्रता ल्याएको खाध्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका प्रमुख अनुप हलवाईले जानकारी दिनुभयो ।
धनकुटा बजारमा सञ्चालित २ वटा साना विस्कुट उद्योग, १० वटा खाध्य किराना पसल, पेयपदार्थ र डिलरलगायतको अनुगमन गरि म्याद नाघेका अखाध्य बस्तुहरु जफत गरि नष्ट गरेको छ ।
अनुगमनका सिलसिलामा जनतालाई बुझाउने क्रममा सेक्युरिटि थे«ड भएमा सुरक्षाकालागि खाध्य गुणस्तर नियन्त्रणमा लिन खोज्दा झडप हुन सक्ने अवस्थामा क्षति हुन नदिन सुरक्षाकालागि नेपाल प्रहरी र जिल्ला प्रहरी कार्यालय हिलेको महत्वपुर्ण भुमिका रहदै आएकाले हाल सम्म अनुगमनका समयमा कुनै समस्या नभएको अनुगमन टालिले जनाएको छ ।
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३

बिहिबार, साउन २८, २०८३