-
नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी त्यागेको जानकारी संसद सचिवालयलाई गराएको छ ।माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई शुक्रबार पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो । नेकपा एमाले प्रवेश गर्नुभएका बादलले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा आएको संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।
उहाले अहिले राष्ट्रियसभाको अधिवेशन सञ्चालन नभएको अवस्थामा सांसद पद खारेज भएको सूचना टाँस गरिने बताउनुभयो ।सांसद् पद खारेज भएको राजपत्रमा सूचना जारी गरी मन्त्रिपरिषद् र निर्वाचन आयोगलाई जानकारी गराइने धमलाले बताउनुभयो ।यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो ।
News Desk 0 response शुक्रबार, चैत्र २७, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३