-
आइतबार काभ्रेमा बसभित्रै मृत भेटिएकी महिलाको हत्या सडक बालबालिकाले गरेको आशंका गरिएको छ। बनेपास्थित बसपार्कमा पार्किङ गरिराखेको बा २ ख २४२७ नम्बरको बसभित्र अन्दाजी ३५–४० वर्षीया महिला मृत फेला परेकी थिइन्।
उनको बलात्कारपछि हत्या भएको र घटनामा सडक बालबालिकाको संलग्नता देखिएको काभ्रे प्रहरीले जनाएको छ। घटनास्थलको फरेन्सिक एक्पोर्टसहितको प्राविधिक टोलिले अनुसन्धान गरेको थियो।घटनामा तीनजना बालक र एक बालिकाको संलग्नता देखिएको भन्दै चार जनालाई पक्राउ गरिएको छ। सोधपुछका क्रममा उनीहरुले मृतक महिलासँग शारीरिक सम्पर्क गर्ने क्रममा बिबाद भएपछि घटना लुकाउनका लागि हत्या गरेको बताएको काभ्रेका प्रहरी प्रवक्ता डीएसपी हरि खतिवडाले बताए।
यसैबिच काभ्रेमै अर्की महिलाको हत्यामा संलग्न अभियोगमा अर्का व्यक्ति पनि पक्राउ परेका छन्। आइतबार बिहान अपरिचित महिलाको शव फेला परेको थियो।अनुसन्धानको क्रममा शनिबार राति ती महिलाको हत्यामा २२ वर्षीय रोशन भन्ने बिजय तामाङको संलग्नता रहेको प्रहरीको अभियोग छ।
बिजयले आफूलाई ती महिलाले चोरीको आरोप लगाएकोले हत्या गरेको बताएका छन्। मृतक महिलाको घर रामेछापको दोरम्बा गाउँपालिका ६ र उनी पूर्णकला भन्ने पुजा दमाई रहेको खुलेको छ।बसपार्कको पश्चिमपट्टि सडक पेटीमा कन्चट, छाती लगायत शरीरका बिभिन्न संवेदनशील अंगहरुमा प्रहार गरी विजय फरार भएका थिए।बिजयलाई भक्तपुरको सूर्यबिनायक नगरपालिका ८ सिपाडोल स्थित उनको डेराबाट प्रहरीले पक्राउ गरेको हो। उनले अफूले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ।
News Desk 0 response मङ्लबार, चैत्र २४, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
महिला उद्यमशीलता बढाउँदै सेभ द अर्थ, रामधुनीमा उत्पादन प्रदर्शनी
शुक्रबार, असार ५, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३