-
काठमाडौं उपत्यकाको फोहोर मैला बिसर्जनमा नुवाकोटको ओखरपौवा स्थित सिसडोल क्षेत्रका स्थानीयले गर्दै आएको अवरोध नहटने भएको छ ।सिसडोलबासि र काठमाडौं महानगरपालिकाबीच भएको वार्ता असफल भएपछि सिसडोल ल्याण्डफिल्ड क्षेत्रका स्थानीयले फोहोर बिसर्जनमा गर्दै आएको अवरोधलाई कायमै राख्ने भएका हुन् ।
सिसडोल बासी र काठमाडौं महानगरपालिकाबीच बुधबार र बिहीबार काठमाडौंमा वार्ता भएको थियो । बिहीबारको वार्तामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य विरामी परेको भन्दै बिचमै उठेर हिंडेपछी वार्ता असफल भएको सिसडोल क्षेत्र फोहोर मैला व्यवस्थापन तथा सरोकार समितिका अध्यक्ष नवराज ढुङ्गानाले बताउनुभयो ।
उहाँले मेयर शाक्यकै कारण आफूहरुका कुनैपनि माग पुरा हुने स्थितिमा नरहेको र आफूहरु वार्तामा बस्दा अपमानित भएको महसुस गरेको पनि बताउनुभयो । उहाँले महानगरले हेपाहा प्रवृति देखाएकाले फोहोर बिसर्जनका लागि सडक बन्द गर्ने निष्कर्षमा पुगेको बताउनुभयो ।
सिसडोल बासिहरुले अव्यवस्थित फोहोर बिसर्जन हुँदा वातावरणमा प्रभाव पर्नगई स्वास्थ्यमा प्रतिकुल असर परेकोले यस अघिका सम्झौताहरु तत्काल कार्यान्वयन गर्न माग गर्दै आएका छन् ।
उनीहरुले सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दि उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने सम्बन्धमा यसअघि भएका सम्झौताहरु तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् । काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापन गर्ने कार्य चैत १३ गते देखि पूर्णरुपमा बन्द हुँदै आएको छ ।
News Desk 0 response बिहिबार, चैत्र १९, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३





