-
प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीले संसदलाई छल्न खोजेको आरोप लगाएका छन् । नयाँ बानेश्वरमा बुधबार बसेको प्रतिनिधसभा बैठकमा नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानमन्त्री केपी ओलीको भूमिकाप्रति प्रश्न उठाएका हुन् ।
नेकपा माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङले दल विभाजित भएको अवस्थामा सरकारको अवस्था के हुने भन्ने प्रश्न उब्जिएको बताए । यसैगरी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री संसद्मा नआउनुको कारण सुरक्षा खतरा हो कि नैतिक भन्दै प्रश्न उठाए ।
बैठकमा एमालेकी सांसद शान्ता चौधरीले भने सरकारको बचाउ गरिन् । सरकारले गरेका अति महत्वपूर्ण काम नदेख्ने, विरोधका लागि मात्रै विरोध गर्ने परिपाटी त्यागेर राम्रा कामको समर्थन गर्न आग्रह गरिन् ।
सांसदहरूले शुन्य र विशेष समयमा जनजीविकाको सवालमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकले संविधानसभा सदस्यद्वय नवीन्द्रराज जोशी र लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते दिउँसो १ बजे बस्नेछ ।
News Desk 0 response बुधबार, चैत्र १८, २०७७
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३