-
भारतमा पछिल्लो २४ घण्टामा एकैदिन ६८ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ६८ हजार २० नयाँ संक्रमित भेटिएका हुन् । भारतमा गत अक्टोबरयता एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् ।स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २९१ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या पनि पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३५ हजार ४९८ सक्रिय संक्रमित थपिएका हुन् ।
भारतमा कोरोना संक्रमितको समग्र संख्या पनि एक करोड २० लाख नाघेको छ । भारत कोरोना संक्रमित संख्याको आधारमा अमेरिकापछि दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । अहिलेसम्म भारतमा एक लाख ६१ हजारभन्दा धेरैको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।
महाराष्ट्रमा मात्र पछिल्लो २४ घण्टामा कोरोनाका ४० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । संक्रमण बढेसँगै केही राज्यमा रात्रिकालीन कर्फ्यु तथा सामाजिक गतिविधिमा कडाइका विभिन्न नियम लगाइएको छ ।
News Desk 0 response सोमवार, चैत्र १६, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३