-
इटहरी । अपाङ्गता भएका व्यक्तिहरूको खेल प्रतिभा, आत्मविश्वास र सामाजिक सहभागितालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित तीनदिने १२औँ व्हिलचेयर बास्केटबल प्रशिक्षण तथा प्रतियोगिता सम्पन्न भएको छ ।
स्पाइनल इन्जुरी संघ कोशी प्रदेशको आयोजना तथा कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश खेलकुद विकास बोर्डको सहयोगमा सम्पन्न प्रतियोगिता इटहरी–२० तरहरा स्थित सगरमाथा खेल मैदानमा सम्पन्न भएको हो ।
प्रतियोगितामा इटहरी, धरान र सुन्दरहरैंचा नगरपालिकाका टोलीबीच प्रतिस्पर्धा भएको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा धरानको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल ग¥यो। सुन्दरहरैंचा दोस्रो तथा आयोजक इटहरीको टोली तेस्रो स्थानमा सीमित भयो।
प्रतियोगितामा सुन्दरहरैंचाका खेलाडी सञ्जीव लिम्बू सर्वाधिक स्कोरर घोषित भए भने धरानका खेलाडी प्रवल लिम्बु उत्कृष्ट खेलाडी घोषित भए।
विजेता तथा उपविजेता टोलीलाई शिल्ड, मेडल, प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको संघका सचिव राजन बराइलीले जानकारी दिए। पुरस्कार वितरण कार्यक्रममा इटहरी उपमहानगरपालिका–२० का वडा अध्यक्ष मणीराम श्रेष्ठ, अपाङ्ग संरक्षण मञ्चकी अध्यक्ष दिलकुमारी राई लगायतले विजेता खेलाडीलाई सम्मान गरेका थिए।
स्पाइनल इन्जुरी संघका अध्यक्ष विक्रम घिमिरेको अध्यक्षता तथा प्रदेश खेलकुद विकास बोर्डका सदस्य इश्वर विक्रम शाहको प्रमुख आतिथ्यमा भएको थियो ।
News Desk 0 response बुधबार, असार १७, २०८३
अध्यक्ष घिमिरेले अपाङ्गता भएका व्यक्तिहरूलाई अवसर र उचित वातावरण उपलब्ध गराइए उनीहरू खेलकुदसहित हरेक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम रहेको बताए। उनले यस्ता प्रतियोगिताले आत्मविश्वास बढाउनुका साथै समाजमा सकारात्मक सोच विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
कार्यक्रममा पूर्वाञ्चल असहाय तथा पुनःस्थापना केन्द्रकी अध्यक्षा तृप्ता मगर, नेवा मिसा पुच इटहरीकी अध्यक्ष कौशल्या श्रेष्ठ तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगिताले “अपाङ्गता भएका व्यक्तिलाई अवहेलना होइन, सम्मान गरौँ“, “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद“ भन्ने सन्देशलाई व्यवहारमा उतार्दै समावेशी समाज निर्माणतर्फ महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ।
-
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३ -
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३

गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३ -
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३