-
इटहरी । नेपाली सेनाको सैनिक अस्पताल इटहरीले सञ्चालन गरेको मोतियाबिन्दु तथा आँखाका विभिन्न रोगहरूको निःशुल्क शल्यक्रिया शिविर सम्पन्न भएको छ ।
जेठ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको शिविरबाट सयौं सेवाग्राही लाभान्वित भएका छन्।
शिविरमा नेपाली सेनाका बहालवाला, भूतपूर्व सैनिक तथा आश्रित परिवारका ३४९ जनाले आँखा परीक्षण गराएका थिए ।
परीक्षणपछि मोतियाबिन्दुबाट पीडित ६० जनाको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। त्यसैगरी अन्य आँखासम्बन्धी समस्याबाट पीडित ११ जनाको पनि शल्यक्रिया सम्पन्न गरिएको थियो । यससँगै शिविरमार्फत कुल ७१ जनाले शल्यक्रिया सेवा प्राप्त गरेका छन्।
सैनिक अस्पताल इटहरीका कमाण्डान्ट महासेनानी डाक्टर अनिलकुमार सिंह डंगोलले यसअघि अस्पतालले प्रत्येक वर्ष पुस महिनामा मात्र आँखा शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको थियो ।
तर मोतियाबिन्दु तथा अन्य आँखाका रोगबाट प्रभावित हिताधिकारीहरूको संख्या बढ्दै गएकाले उपचारलाई थप प्रभावकारी बनाउन अब वर्षमा दुई पटक यस्ता शिविर सञ्चालन गर्न थालिएको बताए ।
शिविरमा नेपाली सेनाको विरेन्द्र अस्पताल छाउनीका विशेषज्ञ चिकित्सक सेनानी डाक्टर नवरत्न विष्टको नेतृत्वमा चार सदस्यीय विशेषज्ञ टोलीले सेवा प्रदान गरेको थियो। आधुनिक प्रविधि र अनुभवी चिकित्सकहरूको सेवाबाट बिरामीहरूले सहज तथा गुणस्तरीय उपचार पाएका थिए।
शिविरमा सहभागी सेवाग्राहीहरूले आफ्नै क्षेत्रमा विशेषज्ञ चिकित्सकबाट उपचार तथा शल्यक्रिया सेवा पाउँदा खुसी व्यक्त गरेका छन्। उनीहरूले समयमै उपचार पाएपछि दृष्टिमा सुधार आएको र दैनिक जीवन सहज बनेको प्रतिक्रिया दिएका छन्।
पूर्वी पृतना हेडक्वार्टर इटहरीका पृतनापति उपरथी गौरवकुमार केसीको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा शिविरमा प्राविधिक सहयोग पु¥याउने चिकित्सक टोलीलाई सम्मान गरिएको थियो। सो अवसरमा उपरथी केसीले बिरामीहरूको स्वास्थ्य अवस्था तथा अस्पतालले प्रदान गरिरहेको सेवाबारे जानकारी लिँदै नेपाली सेनाले आफ्ना बहालवाला, भूतपूर्व सैनिक तथा आश्रित परिवारको स्वास्थ्य सेवामा विशेष ध्यान दिँदै आएको बताए।

उनले यस्ता स्वास्थ्य शिविरले उपचारको पहुँच विस्तार गर्नुका साथै सेवाग्राहीको जीवनस्तर सुधार्न महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने विश्वास व्यक्त गरे।
News Desk 0 response शुक्रबार, जेष्ठ २९, २०८३
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३