इटहरीमा सार्वजनिक भयो ‘टिभिएस किङ ईभी म्याक्स’, व्यवसायिक सवारी क्षेत्रमा विद्युतीय क्रान्तिको संकेत
-
इटहरी । नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढिरहेका बेला जगदम्बा मोटर्सले व्यवसायिक प्रयोगलाई लक्षित गर्दै अत्याधुनिक विद्युतीय तीनपाङ्ग्रे ‘टिभिएस किङ ईभी म्याक्स’ इटहरीमा सार्वजनिक गरेको छ। इटहरीस्थित नयन टेडर्समा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको नयाँ मोडलले व्यवसायिक यातायात क्षेत्रमा विद्युतीय प्रविधिको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।
“अधिक कमाइ, अब्बल रोजाइ” भन्ने नारासहित बजारमा ल्याइएको ‘टिभिएस किङ ईभी म्याक्स’ व्यवसायिक चालक तथा स्वरोजगारमा संलग्न व्यक्तिहरूलाई लक्षित गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम सञ्चालन खर्च, आकर्षक डिजाइन, आधुनिक प्रविधि र आरामदायी सुविधाले भरिएको यो मोडलले छोटो तथा लामो दूरीका यात्रामा सहजता दिने विश्वास गरिएको छ।
कम्पनीका अनुसार यसमा शक्तिशाली मोटर, मजबुत च्यासिस, उत्कृष्ट भार वहन क्षमता तथा टिकाउ संरचना समावेश गरिएको छ। दैनिक व्यवसायिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको यो मोडलले इन्धन खर्च घटाउनुका साथै वातावरणमैत्री यातायात प्रवद्र्धनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष तथा उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जीवन पराजुलीले नेपालको भौगोलिक अवस्था र बजारको आवश्यकतालाई सुहाउने गरी ल्याइएको विद्युतीय सवारीले व्यवसायिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने बताए ।
उनले विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा वातावरण संरक्षण र आर्थिक बचतमा समेत ठूलो योगदान पुग्ने उल्लेख गरे ।
News Desk 0 response आइतवार, जेष्ठ ३, २०८३
त्यसैगरी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एसपी दिपक गिरीले बढ्दो सवारी प्रदूषण नियन्त्रणका लागि विद्युतीय सवारी प्रभावकारी विकल्प बन्दै गएको बताए। उनले सुरक्षित, स्वच्छ र किफायती यातायातका लागि यस्ता प्रविधिको प्रयोग आवश्यक रहेको धारणा राखे।
जगदम्बा मोटर्सका बिजनेस हेड हरि न्यौपानेले ‘टिभिएस किङ ईभी म्याक्स’ केवल नयाँ सवारी नभई स्वरोजगार र दिगो आम्दानीको माध्यम भएको बताए। कम्पनीले देशका विभिन्न स्थानमा चार्जिङ केन्द्र विस्तार गर्ने योजना समेत अघि बढाएको जानकारी दिँदै उनले यसले विद्युतीय व्यवसायिक सवारीप्रति प्रयोगकर्ताको विश्वास अझ बढाउने विश्वास व्यक्त गरे।
कार्यक्रम नयन टेडर्सका सञ्चालक मिसन पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सीएनआई सुनसरीका वरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद पराजुलीलगायत विभिन्न व्यवसायी, सोरुम प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
-
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३ -
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३

गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३ -
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३