-
इटहरी । दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि इटहरीस्थित जनता माध्यमिक विद्यालयले हात पारेको छ। शुक्रबार इटहरीको जनता क्रिकेट खेल मैदानमा सम्पन्न फाइनल खेलमा नेपाल डिभिएम ग्लोबल स्कुललाई ४ विकेटले पराजित गर्दै जनता माविले उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपाल डिभिएम ग्लोबल स्कुलले निर्धारित १० ओभरको खेलमा ४ विकेट गुमाउँदै ६३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। डिभिएमका लागि दिवस बिष्टले सर्वाधिक २२ रन बनाए भने रिवाज बोहराले १९ रनको योगदान दिए ।
६४ रनको विजयी लक्ष्य पछ्याएको जनता माविले ९ ओभर १ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो। जनता माविका प्रबिन मण्डलले २८ रनको महत्वपूर्ण पारी खेले भने सुन्दर राईले १३ रन बनाएर टिमलाई जिततर्फ डो¥याए ।
डिभिएमका आदित्य पौडेलले ह्याट्रिकसहित तीन महत्वपूर्ण विकेट लिए पनि टोलीलाई जित दिलाउन भने सकेनन्। उत्कृष्ट प्रदर्शनका आधारमा उनी ‘प्लेयर अफ द फाइनल’ घोषित भए ।
प्रतियोगिताको विजेता जनता माविले नगद ३० हजार रुपैयाँ प्राप्त ग¥यो भने उपविजेता नेपाल डिभिएम ग्लोबल स्कुलले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी डिभिएमका दिवस बिष्ट घोषित भए। उनले प्रतियोगिताभर ६० रन बनाउनुका साथै ६ विकेट लिएका थिए। बेष्ट बलर जनता माविका प्रबिन मण्डल घोषित भए, जसले ४ खेलमा कुल ९ विकेट हात पारे।

बेष्ट ब्याटर ग्रिनपिस एकेडेमीका रबिन खत्री भए, उनले ३ खेलमा १ सय १७ रन बनाएका थिए । उदयमान खेलाडीको उपाधि डिभिएमका आदित्य पौडेलले जितेका छन् ।
News Desk 0 response शनिबार, माघ १७, २०८२
विद्यार्थी को–अर्डिनेटर जीवन कार्कीका अनुसार विजेता तथा उपविजेता खेलाडीलाई सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेल, उपाध्यक्ष संजिब ढुंगाना, कस्तुरी कलेजका प्राचार्य कमलेश शर्मा पौडेल तथा नेपाल डिभिएम ग्लोबल स्कुलका प्राचार्य डा. बेणु प्रसाद सिटौलालगायतले पुरस्कार वितरण गरेका थिए ।
विद्यालयस्तरमै क्रिकेट प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सुनसरी र मोरङका २१ वटा विद्यालयको सहभागिता रहेको थियो। माघ १० गतेदेखि सुरु भएको प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो । खेलका एम्पायरका रूपमा मोहम्मद मुम्ताज आलम, मनोज चौधरी र दुर्गानन्द यादव रहेका थिए ।
सम्बन्धित शीर्षकहरु
-
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३
-
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३





