-
इटहरी । पुर्व क्षेत्रमै एक नमुना सामुदायिक भवन सहित सपिगं कम्पेल्स निर्माण गर्ने लक्ष्य सहित मोरगंको सुन्दरहरैचा ७मा सुन्दरदुलारी उद्योग वाणिज्य संघले शिलान्यास गरेको छ । पाँच करोड लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित सामुदायिक भवनको सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिव प्रसाद ढकालले एक कार्यक्रमका विच शिलान्यास गरेका हुन । शिलान्यास गरिएको भवनमा सुन्दरदलारी उद्योग वाणिज्य संघको सचिवालय सहित विवाह पाटीका लागि १हजार मानिस अटाउने सिटी हल , सपिगं कम्पेल्स सिनेमा हल समेत पछि सञ्चालन गर्न सकिने गरी पाँच तलाको भवन निर्माण गर्ने लक्ष्य सहित शिलान्यास गरिएको सुन्दरदुुलारी उद्योग वाणिज्य संघका अध्यक्ष किशोरकुमारी कार्कीले वताए । उनले ९ कठा जग्गामा निर्माण गरिने भवन सुन्दरहरैचा क्षेत्रकै नमुना बन्ने जानकारी दिए । सुन्दरदुलारीमा ठुला सामुदायिक भवन नभएको समयमा जमिन पनि प्रयाप्त रहेकोले सामुदायिक भवन निर्माणका लागि नगरपालिकाले समेत सहयोग गर्ने नगरप्रमुख शिवप्रसाद ढकालले वताए । नगरप्रमुख ढकालले एक सय वर्ष सम्म डिजाईन परिर्वतन गर्नु नपर्ने गरी ठुलो कार्यक्रम गर्न सकिने गरि नमुना भवन निर्माणको योजना सुन्दरदुलारी उद्योग वाणिज्य संघले अघि सारेकोमा नगरपालिकाले समेत सहयोग गर्दै जाने समेत ढकालले जानकारी दिए । शिलान्यास कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले भवन निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा नगरपालिकाकी उपाध्यक्ष धनमाया तामाग , वडा नम्बर ७का वडाध्यक्ष चैतन्य सिटौला , सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण रिजाल , सुन्दरदुलारी उद्योग वाणिज्य संघका उपाध्यक्ष विदुरप्रसाद ढुंगाना लगायतले वोलेका थिए ।सपिगं कम्पेल्स सहितको सामुदायिक भवन निर्माण सम्पन्न भएर यस क्षेत्रको सामाजिक आर्थिक विकासमा समेत सहयोग पुग्ने देखिन्छ ।
News Desk 0 response सोमवार, चैत्र ९, २०७७
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३








