-
काठमाडौँ । आउँदो १४ कात्तिक देखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म परान’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले बुढेसकालमा सन्तानको साथ खोज्दै जीवनको अन्त्यतिर पुगेका एक बाबुको भावनात्मक संघर्षलाई प्रस्तुत गरेको छ ।
फिल्मले बाबुआमाले बुढ्यौलीमा सन्तानको माया र सहाराको चाहना राख्ने तर सन्तान आफ्नै सपना र आकांक्षाको पछाडि लाग्दा उत्पन्न हुने सम्बन्धका दूरी र पीडालाई कथा बनाएको देखिन्छ । पारिवारिक सम्बन्ध र भावनात्मक जिम्मेवारीको सन्देश दिने उद्देश्यले फिल्म तयार पारिएको निर्देशकको भनाइ छ ।फिल्ममा वरिष्ठ अभिनेता नीर शाहले मुख्य भूमिकामा अभिनय गरेका छन् । उनका छोराको भूमिकामा महेश त्रिपाठी र बुहारीको रूपमा अञ्जना बराइली देखिएका छन् । साथै, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले र दमन रुपाखेती लगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको निर्देशन टेलिभिजन श्रृंखलामा ‘काकु’ नामले परिचित दीपकप्रसाद आचार्यले गरेका हुन् भने पटकथा र संवाद यम थापाले लेखेका हुन् ।
व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको बाइस्कोप सिनेमा प्रा.लिले फिल्म निर्माण गरेको हो ।
भावनात्मक विषयवस्तु र अनुभवी कलाकारको प्रस्तुति परानले दर्शकको मन छुने अपेक्षा गरिएको छ ।https://www.youtube.com/watch?v=UnnTl-cWibI&t=26s
News Desk 0 response शनिबार, कार्तिक ८, २०८२
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

मङ्लबार, भदौ ३०, २०८३