-
भारतको विदेश मन्त्रालयले नेपाल मामिला हेर्ने वरिष्ठ अधिकारी परिवर्तन गर्ने भएको छ। हाल भारतीय विदेश मन्त्रालयमा प्रवक्ता रहेका अनुराग श्रीवास्तवले अब नेपालसम्बन्धी मामिला हेर्ने भएका छन्।भारतीय सरकारी समाचार एन्जेसी पीटीआईका अनुसार नेपाल र भुटानको मामिला हेर्ने नर्थ डिभिजनका सहसचिवको जिम्मेवारी श्रीवास्तवलाई दिन लागिएको छ।
हाल नर्थ डिभिजनको सहसचिवमा अरिन्बाम बाग्ची छन्।बाग्चीलाई श्रीवास्तवको स्थानमा मन्त्रालयको प्रवक्ता बनाउन लागिएको समाचारमा उल्लेख छ।भारतको विदेश मन्त्रालयले नेपाल मामिलासमेत हेर्ने नर्थ डिभिजनलाई महत्वपूर्ण विभागको रुपमा लिने गर्छ।एक वर्षअघि भारतीय विदेश मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्नुअघि श्रीवास्तव अफ्रिकी देश इथियोपिया र अफ्रिकी संघका लागि भारतीय राजदूत थिए।
सन् १९९९ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका श्रीवास्तव त्यसअघि विदेश मन्त्रालयको वित्तीय विभागका प्रमुख तथा कोलम्बोस्थित भारतीय उच्चायोगका राजनीतिक विंगका प्रमुख थिए।
News Desk 0 response शुक्रबार, चैत्र ६, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३