-
धनकुटा । अविरल वर्षाका कारण लेउती खोलामा आएको वाढीले धनकुटाको साँगुरीगढीको फेदीमा सडक बगाउँदा कोशी राजमार्ग अन्तरगत धरान धनकुटा सडक खण्ड अवरुद्ध भएको छ ।
गए राती देखिको परेको अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ फेदीमा कोशी राजमार्गको कालोपत्रे सडक करिव एक सय मिटर बगाएको हो ।
खोलामा आएको बाढीले कालोपत्रे सडक वगाउदा सडक अवरुद्ध भएको र तत्काल सडक सञ्चालनमा ल्याउन सकिने अवस्था नभएको प्रहरी जनाएको छ । वैकल्पिक रुपमा अस्थायी रुपमा पैदल यात्रा र यातायातका साधनहरु सञ्चालन गर्ने प्रयासहरु समेत भई रहेको जनाइएको छ । तथापी तत्काल सडक सञ्चालनमा ल्याउन सकिने अवस्था भने नरहेको समेत जानकारी गराइएको छ ।

सडक बगाएको क्षेत्रमा अर्काे तर्फ भिर भएका कारण पनि तत्काल सडक मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्था समेत नरहेको वताइएको छ । तत्कालका लागि वारिको वारी र पारीको पारीवाटै सवारी सञ्चालन गरेर आवतजावतलाई सहज वनाउने प्रयास भई रहेको समेत धनकुटा प्रहरीले जानकारी दिएको छ ।
खोलाले कटान गरेको सडक क्षेत्रमा यात्रुहरुलाई नेपाली सेना सहितका सुरक्षाकर्मीहरुले डोरीका सहयाताले वारपार गर्ने कार्य गरेका छन । निसाने खोला क्षेत्रमा पनि वाढीका कारण विहान केही समय सवारी साधनहरु आवतजावत गर्न सकेका थिएनन ।
News Desk 0 response शनिबार, जेष्ठ १७, २०८२
हावाहुरी सहितको वर्षाका कारण कोशी राजमार्गका अन्य ठाउँहरुमा समेत लडेका रुखहरु नेपाली सेनाले हटाउने काम गरेको छ ।
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





