-
यतिबेला चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा छन् । तीन दिने भ्रमणका क्रममा रहेका वाङ यीको पछिल्लो नेपाल भ्रमण तेश्रो पटक हो । अफगानिस्तान हुदै शुक्रबार नेपाल आइपुगेका वाङयीको भ्रमणलाई निकै चासोको साथ हेरिएको छ। बीआरआइ परियोजनासंगै एमसीसीले सिर्जना गरेको संशयको निवारण चिनियाँ चासो देखिन्छ।
सरकारले गएको फाल्गुन १५ मा संसदबाट एमसीसी परियोजना अनुमोदन गरेको केही समयपछि चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा छन् । अफगानिस्तानहुँदै शुक्रबार नेपाल आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यीले राजनीतिक तहमा सम्बन्ध सुदृढ गराउन भनिएपनि एमसीसीले सिर्जना गरेको संशयबाट प्रष्ट हुन खोजेको परराष्ट्रका जानकारहरु बताउँछन् , एमसीसीको विषयले चीन त्यत्ति सन्तुष्ट छैन, यस विषयमा चीन थप प्रष्ट हुन चाहान्छ, अमेरिकासहित पश्चिमा मुलुकको चासोप्रति सचेत रहेको चीन एमसीसीको विषयमा संशकित छ। एमसीसीकै कारण पैदा भएको संशयको निवारण होस् भन्ने चिनियाँ चाहाना रहेको परराष्ट्र जानकारहरु बताउँछन् ।
एमसीसीको विषयबाट नेपालको भूराजनीतिक संवेदनशीलता थप उजागर भएपछि चिनियाँ चासो थप बढेको हो ।परराष्ट्रका जानकारहरु भन्छन्, नेपाल भूराजनीतिक संवेदनशीलता भएको मुलुक हो, जहा, अमेरिका लगायत पश्चिमा देशको चासो धेरै छ। खास गरी अमेरिका चीनबीचको तकराव बढ्दो छ। यसले नेपाल असंलग्न परराष्ट्र नीतिसहित एक चीन नीतिमा दृढ रहोस् भन्ने नै हो । उसको बजार भन्दा पनि भूराजनीतिक संवेदनशीलताको प्रश्न चासो र चिन्ताको विषय भएको जानकारहरु बताउँछन् ।
विशेष गरी सन २०१९ अक्टुबरमा चिनियाँ राष्ट्रपति सीको भ्रमणपछि यताका दिनमा चिनियाँ सक्रियता बढेको देखिन्छ । २३ वर्षपछि चीनका राष्ट्रपति सीले नेपाल भ्रमण गरेका थिए, उच्च यो चिनियाँ अधिकारीहरुको नेपाल भ्रमणले पछिल्लो समय अमेरिका लगायत पश्चिमा प्रभावलाई रोक्नु पनि हो । नेपालको आन्तरिक घरेलु राजनीतिमा चासो नराख्ने चीनले स्थीर र बलियो सरकार होस् । जहाँ घरेलु तथा बाह्य शक्तिले खेल्न नपाओस् भन्ने चाहाना धेरै पटक प्रकट भएका थिए ।
नेकपा विभाजन रोक्नमा उसले गरेको चासोले पनि नेपालमा स्थायीत्वसहित बलियो सरकार होस् भन्ने उसको सरोकारको विषय रहदै आएको छ। छिमेकी देश भएर पनि चीनका उच्च अधिकारीले लामो समय नेपालको औपचारिक भ्रमण गरेका थिएनन् । सन १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेका थिए । त्यस यताका दिनमा चिनियाँ प्रधानमन्त्रीले सन २०१२ मा नेपाल भ्रमण गरेपनि सीे भ्रमण लामो समयपछि भएको थियो। सन २०१९ अक्टुबरमा चिनियाँ राष्ट्रपति सीले दुई दिने नेपाल भ्रमण गरेका थिए ।
News Desk 0 response शनिबार, चैत्र १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३





