• संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बलिउड अभिनेता सलमान खानसँग भर्चुअल संवाद गरेका छन । संवादमा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका थिए । अब सबै कुरा सामान्य भएको भन्दै मन्त्री आलेले सलमानलाई सगरमाथा आरोहणको निम्तासमेत दिएका थिए ।

    मन्त्री आलेको निमन्त्रणा स्वीकार्दै अभिनेता खानले समय मिलाएर आफू सगरमाथा चढ्ने जवाफ दिएका थिए । आलेसँग कुरा गर्न पाउँदा निकै खुसी लागेको भन्दै खानले आफूलाई नेपाल निकै मन पर्ने र चाँडै नेपाल आउन लागेको जानकारी पनि दिए ।

    कुराकानीको क्रममा आलेले आफूले खानका थुप्रै सिनेमा हेरेको स्मरण गराएका थिए । आफ्नो चलचित्रको प्रवद्र्धनका लागि खान आगामी जेठ १४ गते नेपाल भ्रमणमा आउँदैछन ।

4565