• नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेसको विकासमा सही बाटो देखाउने नेता र पार्टी असफल भएकाले अब एमालेको काँधमा मधेसको जिम्मेवारी आएको बताएका छन् । मङ्गलवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले मधेस केन्द्रित दलहरूलाई लक्षित गर्दै तराईमा जातीय, धार्मिक र भाषिक साम्प्रदायिक ढंगले झगडाको खेती लगाएको आरोप समेत लगाए । उनले एमाले वास्तविक मधेसको जय होस भन्ने पार्टी भएको दाबी गरे ।

    एमाले प्रबेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले आफू कला क्षेत्रमा मात्रै केन्द्रित भएकाले अब राजनीतिमा होमिएको बताईन ।उनले एमाले नै रोज्नुको कारण ओलीको देश प्रतिको लगाब नै भएको बताईन ।

    डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी मा कुनै बेला सक्रिय रहेकी करिश्मा पछिल्लो समय राजनीतिमा निष्क्रिय थिइन् । समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमाले प्रवेश गरेका छन् । सिंहको नेतृत्वमा रहेको समाजवादी जनता पार्टी एमालेमा समाहित भएको हो ।

4565