-
सरकारले आइतबारदेखि म्यादी प्रहरीको दरखास्त लिन शुरु गरेको छ। देशभर खुलेका म्यादी प्रहरीको दरखास्त दिनेहरुको ताँती नै देखियो । हातमा फाइल बोकेर दरखास्त दिनेहरु भेटिए महानगरीय प्रहरी परिसरमा पनि । देश सेवासंगै रोजीरोटीको जोहो होलाकी भनेर भेटिनेहरुको दृष्यले बेरोजगारीको तथ्य दर्शाइदियो ।
स्थानीय निर्वाचन नजिकिएसंगै म्यादी प्रहरीमा भर्ती हुनेहरुको ताँती नै लाग्यो,आइतबार देशभर । यस्तै ताँती भेटियो, काठमाडौको टेकुस्थित महानगरीय प्रहरी परिसरमा पनि । जहाँको ताँतीमै भेटिए ४८ वर्षीय राजाराम दंगाल पनि । काठमाडौको साखुका दंगाललाई यसरी घण्टौ लाइनमा बसेर दरखास्त दिने रहर त थिएन। तर, गरिबी र अभावले म्यादी प्रहरी बनेर दुई हजार जोहो होलाकी भन्ने
यस्तै म्यादी प्रहरीको लाइनमा भेटिइन् उदयपुर गाइघाटकी मिरा सूयाल पनि । बेरोजगारीले हायकायल भएकी उनलाई पनि दुइ चार हजार कमाइ होलाकी भन्ने आशा छ। त्यही आशाले उनी म्यादी प्रहरीमा भर्ती हुन आएका हुन् ।
सरकारले देशभरबाट एक लाख म्यादी प्रहरीको दरखास्त आह्वान गरेको छ। स्थानीय निर्वाचन लक्षित म्यादी प्रहरी भर्तीमा ज्योति लामिछाने पनि छनौट हुने चाहाना राखेकी छिन् । दुई वर्षे बच्चाकी आमा समेत भएकी उनी पनि महानगरीय प्रहरी परिसरको लाइनमा उभिएकी भेटिइन् । दुई वर्षको बच्चालाई घरमै छोाडेर यीनी भर्ती हुन आएकी हुन् । यीनलाई पनि म्यादी प्रहरी हुन रहर त थिएन,तर देश सेवा पनि हुने घर खर्चको जोहो पनि होलाकी भनेर ज्योती म्यादी प्रहरीको लागि निवेदन लिएर आएकी हुन् ।
महानगरीय प्रहरी परिसरमा देखिएका यी दृष्यमा भेटिएका यी मानिसहरु प्रतिनिधिमूलक पात्र मात्रै हुन् । राजाराम , मीरा र ज्योति जस्ता पात्रले देशभर यस्तै गरी लाइनमा बसेर म्यादी प्रहरीमा दरखास्त दिन बसे। गरिबी बेरोजगारीले तड्पिएका यीनिहरु म्यादी प्रहरीमा छनौट होलान् नहोलान् त्यो अर्काे पाटो होला तर, सत्य यो होकी देशभित्र चरम बेरोजगारी छ भन्ने पक्का हो ।
News Desk 0 response आइतवार, चैत्र ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





